Section 4
चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र लिनु पर्ने

(१) प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीबाट इजाजतपत्र नलिई कसैले चलचित्र घर निर्माण गर्नु हुदैन।

(१क) उपदफा (१) बमोजिम इजजतपत्र लिएपछि चलचित्र घर निर्माण गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट नक्शा स्वीकृति लिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम चलचित्र घर निर्माण गर्नको निमित्त इजाजतपत्र प्राप्त
गर्नको लागि दिनु पर्ने दरखास्तको ढाँचा, इजाजतपत्रको ढाँचा र इजाजतपत्र प्राप्त व्यक्तिले
पालन गर्नु पर्ने शर्त र तिर्नुपर्ने दस्तुर तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (२) बमोजिमको दरखास्त परेपछि प्रदेश सरकारले खास गरेर निम्नलिखित
कुराहरुलाई समेत ध्यानमा राखी दरखास्तवालालाई इजाजतपत्र दिन सक्नेछ ः–
(क) दरखास्त बमोजिम चलचित्र घर निर्माण गर्न दिंदा कुनै शिक्षालय,
छात्रावास, अस्पताल, सार्वजनिक महत्वको स्थान, संस्था वा सरकारी
कार्यालयलाई पर्न सक्ने बाधा वा असुविधा,
(ख) जनसंख्याको आधारमा त्यस्तो चलचित्र घरको आवश्यकता,
(ग) दर्शकवर्गहरुको सुरक्षा, स्वास्थ्य र सुविधाको निमित्त तोकिए बमोजिम
पर्याप्त व्यवस्था भएको चलचित्र घरको नक्शा पेश गरेको,
(घ) अन्य नेपाल कानून बमोजिम त्यस्तो इजाजतपत्र दिन मिल्ने वा नमिल्ने ।